यस बर्षको मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’ लाई

यस बर्षको मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’ लाई

काठमाडौं : मदन पुरस्कार गुठीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘मदन पुरस्कार २०७९’ विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई दिने निर्णय भएको छ।

आज (आइतबार) बसेकोे मदन पुरस्कार गुठीको बैठकले  माओवादी जनयुद्धलाई आधार बनाएर लेखिएको उपन्यास ऐँठन’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

उपन्यास ‘ऐँठन’ दुई दशकअघिको माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयबस्तुमा आधारित छ।

यस वर्ष मदन पुरस्कारका लागि सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घरलाई श्रेष्ठ समावेश गरिएको थियो।

त्यस्तै यस बर्षको जगदम्बा–श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय भएको छ। हाल मदन पुरस्कारको राशि चार लाख रूपैयाँ तोकिएको छ।

१४ असोज, २०८०, ११:२८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।