अभियन्ता ई: सँग मेयर बालेनले वार्ता नगर्ने, वार्ताको जिम्मा प्रवक्तालाई

अभियन्ता ई: सँग मेयर बालेनले वार्ता नगर्ने, वार्ताको जिम्मा प्रवक्तालाई

काठमाडौँ : फुटपाथ व्यवसायीको व्यवस्थापन लगायतका माग राख्दै राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौँ महानगरपालिकाको टोलीबिच वार्ता भएको छ।

वार्तामा महानगरका मेयर बालेन्द्र शाह नबसी त्यसको जिम्मा महानगरका प्रवक्ता नवीन मानन्धरलाई दिइएको छ। महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि छन्।

उता   ई: सहित कानुन , सहरी विकास विज्ञसहित ४ जनाको टोली वार्तामा छ। मङ्गलवार नै अभियन्ता ई: को पक्षमा सडक व्यापारीहरूले प्रदर्शन गरेका थिए। 

९ असोज, २०८०, १४:४२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।