सामाजिक सञ्जालमा साम्प्रदायिक भावना खलल पूर्याउने सामाग्री राखेको आरोपमा पक्राउ

सामाजिक सञ्जालमा साम्प्रदायिक भावना खलल पूर्याउने सामाग्री राखेको आरोपमा पक्राउ

काठमाडौँ : सामाजिक सञ्जालमार्फत विभिन्न जाती र सम्प्रदायबिचको सम्बन्ध खलल पूर्याउने सामाग्री उत्पादन गरेर प्रकाशन गरेको आरोपमा २० वर्षका सनि शर्मा पक्राउ परेका छन्।

साइबर ब्युरोले उनलाई सोमबार काठमाडौँमा पक्राउ गरेको हो। सर्लाही मलङगवाका उनी काठमाडौँमा बस्दै आएका थिए। उनले विभिन्न सञ्जालमार्फत जातजाति विरुद्ध सामाग्री उत्पादन गर्दै सञ्जालमार्फत प्रसारण गरेको आधारमा प्राविधिक अनुसन्धानमार्फत पक्राउ गरेर अदालतमा पेस गरेको र अदालतबाट ६ दिनको म्याद दिएको ब्युरोका उप निर्देशक पशुपति कुमार रायले जानकारी दिए।

८ असोज, २०८०, २१:५८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।