ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

काठमाडौं : ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थीहरु दीक्षित भएका छन्।

शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटलमा भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का विद्यार्थीहरु दीक्षित भएका हुन्।

दीक्षान्त समारोह दुई शत्रमा सञ्चालन भएको थियो। पहिलो शत्रमा बिजनेश विषयहरू बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र ईएमबीएका विद्यार्थीहरू दीक्षित भएका थिए भने दोस्रो शत्रमा आईटी विषयहरू बीएससी (हन्स) कम्प्युटिङ र एमएससी आइटीका विद्यार्थीहरू दीक्षित भए।

कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलले पानसमा दीप प्रज्वलन गरि तथा कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले स्वागत मन्तब्य राखेर कार्यक्रमको उद्घाटन गरेका थिए।

संस्थापक राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो संस्था कति ठूलो भएको छ भन्ने यो एउटा प्रमाण हो, अब हामीले दुईवटा शत्रहरु सम्पन्न गर्नुपर्नेछ र म आज सबै ग्राजुयटहरुलाई बधाई तथा आगामी दिनको शुभकामना व्यक्त गर्न चाहान्छु। तपाईहरु टीबीसीका पूर्व विद्यार्थीहरु बन्नुभएको छ। अब हामी तपाईहरुले के गर्नुहुन्छ भनेर जान्न निकै उत्साहित छौं।’

पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूले पनि कार्यक्रममा आफ्नो मन्तव्य दिएका थिए।

६ असोज, २०८०, १८:३३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।