तेस्रो दिन पनि शिक्षक महासङ्घको आन्दोलन जारी, सहमतिमा पुग्ने गरि वार्ता गर्ने तयारीमा सरकार

तेस्रो दिन पनि शिक्षक महासङ्घको आन्दोलन जारी, सहमतिमा पुग्ने गरि वार्ता गर्ने तयारीमा सरकार
फाईल फोटो

काठमाडौं : सदनमा दर्ता बिद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट नेपाल शिक्षक महासङ्घ आज तेस्रो दिन पनि आन्दोलनमा छ।

काठमाडौंको माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु आन्दोलित भएका छन्। शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको बताइएको छ। आज पनि देशका अधिकांस सामुदायिक विद्यालय बन्द भएका छन्।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा ७७ वटै जिल्लाका शिक्षकहरु कठमाडौं केन्द्रित आन्दोलनमा आउँदा पठनपाठन प्रभावित भएको छ।

यसैबीच, अहिले शिक्षक महासङ्घ र सरकारबीच वार्ता हुँदैछ। बिहान ९ बजेपछि नै वार्ता हुने भनिए पनि दुवै पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलो गरी वार्ता हुन लागेको हो।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले  छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने संकेत गरेको छ।

५ असोज, २०८०, १२:५४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।