शिक्षा विधेयकप्रति अशन्तुष्ट शिक्षकको आन्दोलन आज पनि जारी, ७० लाख विद्यार्थीको पठनपाठन ठप्प

शिक्षा विधेयकप्रति अशन्तुष्ट शिक्षकको आन्दोलन आज पनि जारी, ७० लाख विद्यार्थीको पठनपाठन ठप्प

काठमाडौं : सरकारले सदनमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलित शिक्षकले आन्दोलन आज दोस्रो दिन पनि जारी राखेका छन्। 

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन् । 

बिहिबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सरकारले शिक्षक नेतृत्वसँग गरेको वार्ता निष्कर्षविहीन टुंगिएको थियो।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग महासङ्घले अघि सारेको छ।

सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ।

त्यस्तै आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको छ।

महासंघले आजदेखि देशभरका विद्यालय अनिश्चित कालका लागि बन्दको घोषणा गरेको छ। ​​​​​​शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनका लागि उत्रिएपछि पठनपाठन प्रभावित बनेको हो। 

४ असोज, २०८०, ११:४९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।