बुधबार र बिहीबार ‘नेपाल एजुकेसन एन्ड टोए एक्स्पो’ हुँदै

बुधबार र बिहीबार ‘नेपाल एजुकेसन एन्ड टोए एक्स्पो’ हुँदै

काठमाडौं : नेपाल एजुकेसन एण्ड टोए एक्स्पो बुधबारदेखि हुँदैछ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले त्रिपुरेश्वरमा बुधबार र बिहीबार एक्स्पो हुन लागेकाे महासंघका महासचिव शिवसागर शर्माले जानकारी दिए।

गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्रीको प्रचुरताको आवश्यकतालाई एक्सपोले सम्बोधन गर्ने महासचिव शर्माले बताए।

उनले भने, ‘शिक्षाको पहिलो तह अर्थात् बाल शिक्षा र मन्टेश्वरी पद्धतिका लागि आवश्यक शैक्षिक सामग्री तथा बाल मनोरञ्जनका लागि आवश्यक खेलकुदका सामग्रीहरूको सहज उपलब्धता र प्रयोगबाट नै शिक्षण सिकाइ प्रभावकारी हुने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको हो।’

दुई दिनसम्म चल्ने एक्सपोमा एक सयवटा उत्पादन कम्पनीको स्टल रहनेछन्। उत्पादक कम्पनीहरूको उपस्थितिमा हुने कार्यक्रममा देशभरबाट वितरक, खुद्रा विक्रेता र उपभोक्ता एवं यसमा चासो राख्ने सर्वसाधारण गरी करिब पाँच हजार जनाले सहभागिता जनाउने आयोजकको अपेक्षा छ।

शिक्षण सिकाइमा आवश्यक शैक्षिक सामग्रीको आयात, प्रयोग र उपभोगमा सहजता ल्याउने अपेक्षा समेत यस कार्यक्रमबाट गरिएको महासचिव शर्माले बताए।

२ असोज, २०८०, २१:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।