अखाद्य वस्तु बेचेको पाइएपछि टिपटप समोसा पसललाई महानगरले तिरायो २ लाख जरिवाना

अखाद्य वस्तु बेचेको पाइएपछि टिपटप समोसा पसललाई महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

अनुगमनको क्रममा काठमाडौं महानगर–१७ रहेको टिपटप समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जानकारी दिएको छ। 

पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले बताए। 

अबदेखि गुणस्तर कायम गर्ने, दुग्धजन्य वस्तुको तापक्रम कायम गर्ने र पसलबाट बनेर बजारमा गएका सामान फिर्ता ल्याएर नष्ट गर्ने सहमति गरी पसललाई जरिबाना गराइएको उहाँको भनाइ छ ।

दूधबरी निर्माण भएकै लटमा बनेको सबै परिकार बजारबाट फिर्ता ल्याएर नष्ट गर्न पसलका सञ्चालक दिपकराज थपलियालाई निर्देशन दिने काम भएको उनले बताए।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ। 

१ असोज, २०८०, १४:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।