शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौं : नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ। 

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्ति भरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा असन्तुष्टि जनाएको हो।

महासङ्घका अध्यक्ष कमला तुलाधरले सरकारले आफूहरूसँग गरेको सहमतिलाई बेवास्ता गरेको जनाउँदै आफूहरू बाध्यतावश आन्दोलनमा जान लागेको बताइन्।

नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यही भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।

३० भदौ, २०८०, ०९:४१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।