नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

काठमाडौं : एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा लगिएको छ। 

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली अर्पण गरे।

त्यसैगरी एमालेका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुकहरू श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेका छन्। प्रतिनिधिसभामा इलामबाट निर्वाचित सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो।

२६ भदौ, २०८०, १३:०२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।