राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि हुने, एक दिन बिदा दिने सरकारको निर्णय

राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि हुने, एक दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं : संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिनुका साथै वुधबार सार्वजनिक विदा दिने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्। 

नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

नेम्वाङको पार्थीव  शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ।

एमाले संसदीय दलको उपनेतासमेत रहेका उनि इलाम क्षेत्र नं २ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।  नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ। 
 

२६ भदौ, २०८०, ११:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।