नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं : संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ। 

मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी गरिएको बताइएको छ। नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ।

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने पनि बताइएको छ।

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यहीं निधन भएको थियो।

२६ भदौ, २०८०, १०:३७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।