नेपालको चुच्चे नक्सा नसमेटेकोले आजै चीन भ्रमणमा जाने तयारीमा रहेका बालेनको नजाने निर्णय

नेपालको चुच्चे नक्सा नसमेटेकोले आजै चीन भ्रमणमा जाने तयारीमा रहेका बालेनको नजाने निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चिनको ५ दिने भ्रमणमा नजाने निर्णय गरेका छन्।

चिनले हालै निकालेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेकोले उनले भ्रमण रद्द गरेका हुन्। चिन सरकारकै निमन्त्रणामा बालेन आजै (बिहीबार) त्यसतर्फ प्रस्थान गर्दै थिए।

‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं। केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं।

‘त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ उनले थप गरेका छन्।

 

१४ भदौ, २०८०, १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।