आउटरिचका उजय एशियाज मस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट सम्मानित

आउटरिचका उजय एशियाज मस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट सम्मानित

काठमाडौँ : सीएमओ एसिया अवार्डको १४ औँ संस्करणमा एशियाज मस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान  आउटरिच नेपालका संस्थापक उजय शाक्यले पाएका छन्।

प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको कार्यक्रममा उनी सम्मानित भएका हुन्। वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ।

शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो।

शाक्यले दुई दशकदेखि विश्वव्यापी ब्रान्डहरूलाई नेपालमा सफलतापूर्वक भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छन्। सन् २०१५ मा शाक्यले ब्रान्ड सूत्र पुस्तक लेखेका छन्।

एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा उपस्थित भइरहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा समेत सक्रिय रहँदै आएका छन्। अवार्ड समारोहमा शाक्यले उपभोक्ता र उनीहरुका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिएका थिए।

७ भदौ, २०८०, १६:०५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।