चौथो ब्रिटिस कपको उपाधि थेम्स कलेजलाई

चौथो ब्रिटिस कपको उपाधि थेम्स कलेजलाई

काठमाडौं : ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ।

बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो।

विजेता टिम थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिम आईएसएमटीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। 

त्यस्तै, व्यक्तिगततर्फको अवार्ड पनि थेम्सकै दुई खेलाडीले प्राप्त गरेका छन्। थेम्सका मिलन गोदार थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा मोहम्मद फाहिद उत्कृष्ट गोलकिपर घोषित भए। थापा र फाहिदले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन्।

कार्यक्रम सफलतापूर्वक सकिएकोमा ब्रिटिस कलेजका अध्यक्ष उपेन्द्रराज शर्माले धन्यवाद तथा बधाई ज्ञापन गरे।

उनले भने, ‘हाम्रा सहकर्मी तथा विद्यार्थीहरुको मिहेनतले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। म कार्यक्रमको आयोजना गर्ने विद्यार्थीहरू, स्वयंसेवक, सम्पूर्ण टिमहरु तथा समर्थकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु।’

सन् २०१८ देखि कलेजले निरन्तर रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको यस संस्करणमा १६ टिमले सहभागिता जनाएका थिए।

४ भदौ, २०८०, ०७:५४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।