दलित समुदायका बुहारीलाई निःशुल्क शिक्षा

दलित समुदायका बुहारीलाई निःशुल्क शिक्षा

काठमाडौं : सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायका बुहारीहरूलाई निःशुल्क पढाउने भएको छ।

गाउँपालिका क्षेत्रभित्रका सरकारी तथासामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरी रहेका र गर्न चाहने बुहारीहरुलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क नलिने निर्णय गाउँपालिकाले गरेको हो।

’बुहारीहरुलाई स्नातक बा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्कलगायत गाउँपालिकाले नै ब्यहोर्ने निर्णय भएको छ,’ गाउँपालिकाले निकालेको सूचनामा भनिएको छ।

गाउँपालिकाले “सासूको इच्छा, बुहारीलाई शिक्षा“ नामक कार्यक्रम ल्याएको हो।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासु वा छोरी भए आमाले आफ्नी बुहारी÷छोरीलाई स्नातक÷स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था पनि गरिएको छ।

साथै महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था गरिएको हो।

३ भदौ, २०८०, १७:४७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।