काठमाडौं महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवाखाजा खुवाउने

काठमाडौं महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवाखाजा खुवाउने

काठमाडौं : काठमाडौं  महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवाखाजाको व्यवस्था गर्ने भएको छ।

गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यस वर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिकाका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए। 

उनका अनुसार संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रु. १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रु. १० थप गरेर रु. २५ बनाएको थियो।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रु. १५ मा महानगरले रु. १५ थप गरी रु. ३० पु¥याएको कोइरालाले बताए। 

भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवाखाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ।

३ भदौ, २०८०, १६:१३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।