विद्यालय व्यवस्थापन समितिको नेतृत्व वडाध्यक्ष नदिन महासंघको माग

विद्यालय व्यवस्थापन समितिको नेतृत्व वडाध्यक्ष नदिन महासंघको माग

काठमाडौं : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालय व्यवस्थापन समिति अभिभावकको नेतृत्वमा हुनुपर्ने माग गरेका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यालय व्यवस्थापन समितिको अधिकार वडाध्यक्षलाई दिन लागिएको व्यवस्था भएकाले त्यसलाई तत्काल सच्याउन माग गरेका हुन्।

वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्ममाथि प्रहार भएको महासंघले ठहर छ।

महासंघले विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकार माथि हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिएको र समग्र सार्वजनिक शिक्ष प्रणालीलाई नै कमजोर बनाउननका लागि यस्तो व्यवस्था गरिएको निष्कर्ष निकालेको छ।

विधेयक बनाउने समयमा सरोकाररवालाहरूसँग छलफल र परामर्श नगरिएको भन्दै महासंघले विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको स्वामित्व र अभिभावकको नेतृत्व स्थापित गर्न माग गरेको छ।

२६ साउन, २०८०, १७:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।