प्राथमिक तहको करार शिक्षक हुन आवेदन शुल्क पाँच हजार !

प्राथमिक तहको करार शिक्षक हुन आवेदन शुल्क पाँच हजार !

काठमाडौँ : बाल प्राथमिक विद्यालय अविधाराले प्राथमिक तहको करार शिक्षक पदमा आवेदन दिन पाँच हजार शुल्क र बाल विकास सहयोगीका लागि २ हजार पाँच सय तोकेको छ।

तुलसीपुरमा रहेको विद्यालयले करारमा दुई जना कर्मचारी आवश्यक रहेको भन्दै निकालेको सूचनामा आवेदन शुल्क महँगो राखेको हो। करार शिक्षक हुने योग्यतामा विएड वा सो सरह उत्तीर्ण भएको र स्थायी अध्यापन अनुमति पत्रसँगै पाँच हजार शुल्क तोकेको छ। यसको आवेदन शुल्क पाँच हजार रहेको छ।

बाल विकास सहयोगी कार्यकर्ताका लागि एसइई वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने आवेदन शुल्क दुई हजार पाँच सय तोकिएको छ। सर्तमा हस्तलिखित निवेदन हुनुपर्ने उल्लेख गरेको छ।

२२ साउन, २०८०, २२:०९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।