'जेलर'मा रजनीकान्तको दोहोरो भूमिका, ७२ वर्षको उमेरमा धमकेदार एक्सन

'जेलर'मा रजनीकान्तको दोहोरो भूमिका, ७२ वर्षको उमेरमा धमकेदार एक्सन

सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म 'जेलर'को ट्रेलर बुधबार रिलिज भएको छ।

लामो समयपछि फेरि एक पटक सुपरस्टार प्रहरी अफिसरको भूमिकामा देखिने भएका छन्। फिल्ममा रजनीकान्तले जेलरको भूमिका निर्वाह गरेका छन्। ज्याकी श्राफ भिलेनको भूमिकामा देखिएका छन्। 

फिल्म अगस्ट १० मा रिलिज हुँदैछ। फिल्ममा ज्याकी श्राफ, तमन्ना भाटिया, मोहनलाल, राम्या कृष्णन, प्रियंका अरुल मोहन, शिव राजकुमार योगी बाबु, वसन्त रवि र विनायकन पनि छन्।

फिल्मका निर्देशक नेल्सन दिलीप कुमार हुन्।

१८ साउन, २०८०, १४:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।