छ महिनापछि बल्ल सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो

छ महिनापछि बल्ल सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले छ महिनापछि बल्ल पूर्णता पाएको छ।

माघ २७ गते मुख्यमन्त्री बनेका कमलबहादुर शाहले तेस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेर सरकारलाई पूर्णता दिए।

बुधबार कांग्रेसका शिवराज भट्ट आन्तरिक मामिला तथा कानून मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएर सपथ खाए।

बुधबारै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भए।

नागरिक उन्मुक्ती पार्टीमा सरकारमा जानेबारे सहमती हुन नसक्दा उनले सरकारलाई पूर्णता दिन सकेका थिएनन्।

बुधबार दिनभर नागरिक उन्मुक्ती पार्टीमा प्रदेश सरकारमा पठाउने मन्त्रीबारे विवाद भएको थियो। बल्ल बल्ल चौधरीको नाममा सहमती भएको थियो।

कांग्रेसको तर्फबाट मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय रिक्त थियो।

बुधबारै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए।

१७ साउन, २०८०, २१:११:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।