सिक्वेलले धानिएका अभिनेता विपिन !

सिक्वेलले धानिएका अभिनेता विपिन !

भर्खरै 'पशुपति प्रसाद' को सिक्वेलको छायाङ्कन सक्काएर फुर्सदमा रहेका अभिनेता विपिन कार्की फिल्म 'जात्रा' को प्रिक्वेल 'महाजात्रा' मा अनुबन्धित भएका छन्। 'जात्रा', 'जात्रै जात्रा' हुँदै निर्देशक प्रदीप भट्टराईले 'महाजात्रा' बनाउन लागेका हुन्।

उनले फिल्मको कथा फाइनल गर्न सकेका छैनन्। तर कलाकार भने फाइनल गरिसके। 'महाजात्रा' मा विपिनसँगै वर्षा राउत समेत जोडिने पक्कापक्की छ। अधिकांश कलाकारहरू पनि जात्रामै अभिनय गरेकाहरू हुनेछन्।

विपिनले अभिनय गरेको 'प्रसाद'को सिक्वेल 'प्रसाद-२' उनका लागि त्यति फापेन। फिल्म निर्माण सुरु भएदेखि नै विवाद भयो फिल्ममा। जवर्जस्ती अभिनय गर्न बाध्य भए उनी। निर्मातामाथि बैङ्किङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भए। निर्माता सुवास थापा भूमिगत भएरै फिल्म रिलिज त भयो तर व्यापार पनि भूमिगत भयो।

उनी अहिलेसम्म पनि भूमिगतै छन्। धन्न विपिनले सुवास एन्ड कम्पनीबाट मुक्ति पाएर यो बिचमा दुई वटा फिल्मको अभिनय सक्काए। तर प्रिक्वेलमा पुगे। 

साउन १६, २०८० मंगलबार १७:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।