'जवान'को गीतमा १ हजारभन्दा बढी महिलासँग नाच्दै शाहरुख खान

'जवान'को गीतमा १ हजारभन्दा बढी महिलासँग नाच्दै शाहरुख खान

शाहरुख खानको फिल्म ‘जवान’ को पहिलो गीत अगस्टको पहिलो साता रिलिज हुँदैछ।

इरशाद कामिलले लेखेका यस गीतको शीर्षक ‘जिंदा बन्दा’ रहेको छ। 

यो पहिलो गीत हुनेछ जसमा शाहरुख खान एक हजारभन्दा बढी महिलासँग नाच्दैछन्। उनीबाहेक यस गीतमा अरू ६ जना अभिनेत्री देखिनेछन्। 

फिल्ममा दीपिका पादुकोणको पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन्। तर उनी यस गीतमा देखिने छैनन्। फिल्ममा उनी अतिथि भूमिकामा मात्रै रहेकी जनाइएको छ।  

यो गीतमा शाहरुखसँगै सान्या मल्होत्रा, प्रियमणी, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लहर खान र आलिया कुरेशी देखिनेछन्।

शाहरुखले यो फिल्म मात्रै नभई यसका गीतहरू पनि ठूलो स्केलमा खिचेका छन्। यो गीतका लागि छनोट भएका डान्सरलाई देशका आधा दर्जनभन्दा बढी सहरबाट बोलाइएको थियो।

उनीहरूलाई चेन्नई, हैदरावाद, बैंगलोर, मदुरै, मुम्बई र पुणेबाट बोलाइएको हो। साथै धेरै सहरका लोकनृत्यकारलाई पनि यस गीतमा राखिएको छ। 

११ साउन, २०८०, १०:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।