'आँप' जोडीको रन्काले छोडेन पललाई, मलिकासँग भिडियो खेलेपछि लेखे 'पिएम' जोडी

'आँप' जोडीको रन्काले छोडेन पललाई, मलिकासँग भिडियो खेलेपछि लेखे 'पिएम' जोडी

काठमाडौं : केही वर्षअघिसम्म म्युजिक भिडियोमा आँचल शर्मा र पल शाहको जोडी जमेको थियो। उनीहरूले दर्शकमाझ आफूहरूलाई 'आँप' अर्थात आँचल र पल जोडीका रूपमा चिनाउने गरेका थिए। उनीहरूको नामाकरण 'आँप' जोडी भएको थियो।

यी दुबैलाई लिन फिल्मका निर्माता र म्युजिक भिडियोमा  महिरत्ते गर्थे। उनीहरु एकपछि अर्को भिडियोमा व्यस्त पनि भए।लामो समय सहकार्य हुन सकेन। आँचल र पल मनमुटावका कारण छुट्टिए।

त्यसपछि पल एक्लै भए। नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार पुगेका उनी एक वर्ष भित्रै भए। हिरासतबाट बाहिरिएपछि पलले सनिशा भट्टराईसँग केही म्युजिक भिडियोमा काम गरेका थिए। उनले सशिनालाई आफ्नो नामको अघिपछि कतै राखेनन्। 

अहिले नयाँ म्युजिक भिडियोमा मलिका महतसँग अभिनय गरेर उनले 'पिएम' जोडीका रूपमा चिनाउने प्रयास गरेका छन्।आइतबार साँझ सामाजिक सञ्जालमा अनिता चलाउनेको तीजको म्युजिक भिडियो सार्वजनिक भयो।

‘यो उमेर यस्तै हो कि जोवन त्यस्तै हो’ बोलको गीतमा पल र मलिकाले अभिनय गरेका छन्। पलले गीतको पोस्टर सार्वजनिक गर्दै 'पिएम' जोडी भनेर लेखे। यो जोडी केवल म्युजिक भिडियोमा मात्र जोडिएको छैन। नाबालिग बलात्कारमा पनि कतै न कतै जोडिएको छ।

पल नाबालिग बलात्कार अभियोगका दुई मुद्दामध्ये एक जिल्ला अदालत अनी अर्को उच्च अदालत पुगेको छ। तनहुँको मुद्दामा उनले सफाई पाए।

नवलपुरको मुद्दामा नाबालिग बलात्कारको सट्टा नाबालिग यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाय तोकियो। तर उच्च अदालत पोखराले उल्टाएर सफाई दियो।

उनले कानुनी रुपमा सफाई पाए तर मुद्दा सकिएको छैन। तनहुँको फैसला उच्च अदालत पोखरामा पुनरावेदनमा गएको छ। उच्चको पुनरावेदनमा जाने कि नजाने महान्यायधीवक्ताको कार्यालयमा पुगेको छ।

पीडितले बयान बदल्नु नै उनको सफाइको मुख्य आधार लिएको अदालतको फैसलाबाट खुल्छ। पीडितले सार्वजनिक मञ्चमै माया लागेर आफू सत्य हुँदाहुँदै बयान बदलेको अभिब्यक्ती दिएर होस्टायल भएको बताइसकेकी छिन्।

यो घटनामा मलिका प्रत्यक्ष रुपमा जोडिइनन्। तर सार्वजनिक कार्यक्रममै पीडित नाबालिगले घटनामा महतको भुमिकाबारे खुलाएकी थिइन्। पलले उनैसँग जोडी बाँधिएर म्युजिक भिडियोमा अभिनय गरेसँगै पुरानै आँचलसँगको सहकार्य जस्तै लामै रेसमा जाने संकेत गरेका छन्।

उनी कारागार बाहिर त आएका छन्। तर उनलाई अहिले पनि समाजले कसरी हेर्छ भन्ने त उनले गम्भिर अपराधप्रति पश्चातापको साटो गरेको हँसिमजाकका कारण सन्दीप क्षत्रीको कार्यक्रमै बन्द भएको घटनाले नै देखाउँछ नै। 

 

 

८ साउन, २०८०, १७:२७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।