केकीलाई प्रश्न : तपाईंलाई भेट्न निर्माता स्क्रिप्टसँगै पैसा बोकेर आउँछन् हो ?

केकीलाई प्रश्न : तपाईंलाई भेट्न निर्माता स्क्रिप्टसँगै पैसा बोकेर आउँछन् हो ?

काठमाडौं : औसतमा चलेकी अभिनेत्री केकी अधिकारीका अधिकांश फिल्मले व्यापार गर्न सफल भएका छैनन्।

फिल्म ‘नाईं नभन्नु ल', 'छ माया छपक्कै','झिँगेदाउ'’ लागयत फिल्म चले पनि अन्य फिल्मको व्यापार कमजोर छन्। 

एकपछि अर्को फिल्ममा काम गर्दै आइरहेकी केकीलाई 'पैसा भए पुग्ने रहेछ, फिल्म चलोस् कि नचलोस्' भन्ने आरोप पनि बेला बेलामा नलागेको होइन्। 

तर केकीले यसको खण्डन गर्दै पनि आइरहेकी छन्। 

सोमबार रञ्जना सिनेमा हलमा उनी अभिनित पछिल्लो फिल्म ‘जय हो’ गीत रिलिज कार्यक्रममा राखिएको थियो। सो कार्यक्रममा उपस्थित भएकी केकीलाई पत्रकारले ‘जय हो’फिल्ममा साइन गर्न कति समय लागेको थियो भन्ने प्रश्न गरेका थिए।

प्रश्नको जवाफमा उनले आफूलाई २० दिन लागेको बताइन्।

फिल्मको कथा र निर्माण टिममा को-को छन् भनेर हेरेपछि मात्रै आफूले यो फिल्ममा काम गर्न इच्छुक रहेको उनले बताइन्। 

सोही क्रममा पत्रकारले अभिनेत्रीलाई निर्माताले फिल्मका लागि कुराकानी गर्न जाँदा पैसा र स्क्रिप्टसँगै बोकेर आउँछन् नि भन्ने प्रश्न गरेका थिए। जवाफमा उनले आफूलाई यस्ता कुरा थाहा नभएको बताइन्। 

केकीले पुरा बोल्न नपाउँदै निर्माता सोभितले माइक खोसेर आफूले उसलाई (केकी) लाई भेट्न पैसा र स्क्रिप्ट लिएर नगएको दाबी गरे। 

उनले भने,‘केकीले यो फिल्मको स्क्रिप्ट पढेपछि पहिला काम गरौँ अनि पैसा भनेकी हुन्। एक हातमा पैसा र अर्को हातमा स्क्रिप्ट बोकेर केकीलाई भेट्न गएको होइन्।’ 

टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा सलोन बस्नेत,अर्पण थापा,निशा अधिकारी लगायतको अभिनय रहेको छ। 

२ साउन, २०८०, १३:२५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।