छोरीलाई खुकुरी हानेर भागेका दाजु बन्दुकसहित फेला परे

छोरीलाई खुकुरी हानेर भागेका दाजु बन्दुकसहित फेला परे

स्याङ्जा : प्रहरीले स्याङ्जा भीरकोट नगरपालिका - ७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले  भरुवा बन्दुकसहित आइतबार बिहान पक्राउ गरेको छ। 

साथै फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थान पनि प्रहरीले बरामद गरेको छ। 

घरायसी विवादको विषयलाई लिएर आफ्नै १७ वर्षीया छोरीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि प्रहरीले गुरुङलाई खोजी गरेको थियो। 

प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले खुकुरी खोजी गर्ने क्रममा बन्दुकसहित गुरुङलाई फेला पारेको हो।

घाइते बहिनीलाई भने उपचारका लागि भीरकोट नगर अस्पताल पठाइको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

*भूलवश राखिएको शीर्षक सच्याइएको छ- सम्पादक 

३१ असार, २०८०, १९:३७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।