१६ टन टमाटार नास गरेको थियो बलिउडको यो गीतले

१६ टन टमाटार नास गरेको थियो बलिउडको यो गीतले

बलिउड फिल्म 'जिन्दगी ना मिलेगी दोबारा' शनिबार रिलिज भएको १२ वर्ष पूरा भएको छ। 

यस फिल्ममा ऋतिक रोशन, फरहान अख्तर, अभय देओल र कट्रिना कैफ लगायत धेरै कलाकारहरू संलग्न छन्।फिल्ममा तीन जना मिल्ने साथीहरूको ब्याचलर रोड ट्रिप देखाइएको छ। 

यसैबीच यस फिल्ममा समावेश एउटा गीतको सुटिङका क्रममा १६ टन टमाटार नष्ट गरिएको खबर आएको छ। 

फिल्मका लागि निर्माताहरूले देशको प्रसिद्ध टोमाटिना फेस्टिबललाई रिक्रियट गरेका थिए। यसमा समावेश एउटा गीतको दृश्य खिच्नका पोर्चुगलबाट १६ टन टमाटर मगाइएको थियो। जतिबेला स्थानीय स्पेनिस टमाटर पर्याप्त पाकेका थिएनन्। टमाटरलाई भारतीय मूल्य १ करोड रुपैयाँमा मगाइएको थियो। 

फिल्मका निर्माता रितेश सिधवानीले सन्त २०११ मा रिलिज भएको यस फिल्म रिलिजका बेला सञ्चारमाध्यमसँग भनेका थिए, ‘टोमाटिना फेस्टिबललाई पुनः निर्माण गर्न र यसलाई प्रामाणिक देखाउन स्पेनमा टमाटर नपाकेकाले पोर्चुगलबाट करिब १६ टन टमाटर आयात गर्नुपरेको थियो।’

 

३१ असार, २०८०, ०८:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।