नक्कली भुटानी शरणार्थी प्रकरणः केशव तुलाधार पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणः केशव तुलाधार पक्राउ

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अर्का एक जना पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्याङबाट ५९ वर्षीय केशव तुलाधारलाई पक्राउ गरेको हो। 

काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ तुलाधरलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए।  

तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। 

उनीसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ। अदालतले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। 

२८ असार, २०८०, १३:५३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।