'भ्याक्सिन वार'का निर्देशकले भने, 'हामीलाई बलिउडको टकरावमा फस्नु छैन, जवान ब्लकबस्टर बनोस्'

'भ्याक्सिन वार'का निर्देशकले भने, 'हामीलाई बलिउडको टकरावमा फस्नु छैन, जवान ब्लकबस्टर बनोस्'

शाहरुख खानको नयाँ फिल्म 'जवान' प्रदर्शनको सँघारमा छ।

यस्तोमा 'द भ्याक्सिन वार' निर्देशक विवेक अग्निहोत्रीलाई लागेको छ 'जवान' अल टाइम ब्लकबस्टर हुनेछ। 

ट्विटरमा एक व्यक्तिले विवेकलाई 'हिम्मत छ भने जवानसँग फिल्म जुधाएर देखाउनू' भनी चुनौती दिएका छन्। 

जवाफमा विवेकले आफू द्वन्द्वको मानसिकताभन्दा माथि रहेको बताए। यद्यपि उनले 'जवान' हेर्न गए जाँदा आफू निर्देशित फिल्म 'द भ्याक्सिन वार' पनि अवश्य हेर्न भनेका छन्। 

जुलाई १० मा जवानको प्रिभ्यु रिलिज गरिएको थियो। 'पठान'जस्तै शाहरुख पनि एक पटक फेरि पावर प्याक्ड एक्शन अवतारमा देखिँदैछन्। जवानमा उनी दोहोरो भूमिकामा देखिनेछन्। फिल्म सेप्टेम्बर ७ मा रिलिज हुँदैछ।

विवेक अग्निहोत्रीले ट्वीटरमा लेखेका छन्, ‘हामी बलिउडको टकरावको खेलमा फस्न चाहँदैनौं। यो टर्म स्टार्स र मिडिया को लागि हो। म ग्यारेन्टी दिन सक्छु कि जवान सबै समय ब्लकबस्टर हुनेछ।

तर उनले यतिमा मात्र भनेनन्। 'जवान' हेरेपछि आफ्नो फिल्म पनि हेर्न अनुरोध गरिरहे। 'भ्याक्सिन वार' १५ अगस्ट २०२३ मा रिलिज हुँदैछ।

२८ असार, २०८०, १२:२७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।