'आदिपुरुष'कै डर : भारतीय सेन्सर बोर्डले रोक्यो 'ओएमजी २'

'आदिपुरुष'कै डर : भारतीय सेन्सर बोर्डले रोक्यो 'ओएमजी २'

भारतीय सेन्सर बोर्डले प्रदर्शनको सँघारमा रहेको फिल्म 'ओएमजी २' को रिलिजमा रोक लगाएको छ।

सेन्सर बोर्डले चलचित्रलाई समीक्षा समितिमा पठाएको छ। बोर्डको समीक्षा समितिले विचार गरेर चलचित्रको भविष्य तय गर्ने जनाएको छ।

यसअघि विवादित बनेको फिल्म 'आदिपुरुष'लाई मध्यनजर गरी यो निर्णय गरिएको भारतीय सेन्सर बोर्डले जनाएको छ। 

चलचित्रको टिजर ११ जुलाईमा रिलिज भएको थियो। टिजरमा अक्षय कुमार लामो कपाल र निधारमा खरानी घसेर भगवान शिवको रूपमा देखिएका छन्। फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा देखिएका छन्। 

यो फिल्म यसै अगस्ट ११ मा रिलिज हुनेबाला थियो। यसको पहिलो भाग सन् २०११ मा रिलिज भएको थियो। उक्त फिल्ममा परेश रावल मुख्य भूमिकामा थिए। 

टिजर पंकज त्रिपाठीको आवाजबाट सुरु हुन्छ। भगवान् होस् वा नहोस्, मानिसले आस्तिक वा नास्तिक भएर यसको प्रमाण दिनसक्ने उनले बोलेका छन्।  

'तर परमेश्वरले सृष्टि गर्नुभएका दासहरू बीच कहिल्यै भेद गर्नुहुन्न। चाहे नास्तिक कान्जीलाल मेहता होस् वा आस्तिक कान्ति शरण मुद्गल,' उनको डायलग छ। 

यसपछि अक्षयको रूपमा शिवको प्रवेश छ, जसमा उनले भनेका छन्, 'विश्वास राख, तिमी शिवको सेवक हौ।'

२८ असार, २०८०, ०८:००:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।