मंगलबार २९ बैशाख, २०८३
रास्वपाद्वारा सीता दाहालको निधनमा गहिरो दुःख व्यक्त
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको शोकमा श्रद्धाञ्जलि व्यक्त गरेको छ।
पार्टीले केहीबेरअघि एक शोक विज्ञप्ति जारी गर्दै सीता दाहालको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको भन्दै आत्माको चीर शान्तिको कामना गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै कामना गरेको छ।
पार्टीका सभापतिलगायत केही नेताहरू दाहाललाई श्रद्धाञ्जलि दिन नर्भिक अस्पताल पुगेका थिए। दाहालको आज साढे ८ बजे उक्त अस्पतालमा निधन भएको हो।
असार २७, २०८० बुधबार ११:३३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।