चोरी भएका २१ वटा सवारी साधन हस्तान्तरण, एक वर्षमा फेला परे ९५ वटा भन्सार छलीका सवारी

चोरी भएका २१ वटा सवारी साधन हस्तान्तरण, एक वर्षमा फेला परे ९५ वटा भन्सार छलीका सवारी


काठमाडौँ : ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ। सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला परेको सवारी साधन हस्तान्तरण गरेको हो।

कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ वटा मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।

कार्यालयमा मोटरसाइकल हराएको भन्दै पाएको निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ५ सय वटा सवारी साधन सवारी धनीलाई जिम्मा लगाइसकेको कार्यालयले जानकारी दिएको छ।

अवैध रूपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात कार्यालय पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए।

चालु आर्थिक वर्षमै चोरीका ३२ वटा दुई पाङग्रे सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्ति पक्राउ परिसकेका छन्।

२५ असार, २०८०, १६:१९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।