कतारबाट आएका १२ सुन भरिया पक्राउ परे, कारोबार रकम २ अर्ब

कतारबाट आएका १२ सुन भरिया पक्राउ परे, कारोबार रकम २ अर्ब

काठमाडौँ : कतारबाट गैर कानुनी रूपमा सुन ल्याएको आरोपमा १२ जना नेपालीलाई पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर सुन ल्याएको आरोपमा १२ जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो।

प्रहरीले सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिव सुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई सार्वजनिक गरेको हो।

कार्यालयले दिएको जानकारी अनुसार उनीहरू नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा २ सय ९० ग्राम सुन फेला परेको थियो। पछि थप पाँच सय ३८ ग्राम सुन फेला पर्यो।

प्रहरीका अनुसार सिराहाका शिव सुन्दर राउतले उनीहरूलाई कतार पठाएर उताबाट सुन बोकाएर ल्याउने गरेको खुल्यो। सिराहामा रितेश जनरल स्टोर चलाएर बसेका उनी रेमिट्यान्स सञ्चालक समेत हुन्। उनले सो सुन सङ्कलन गरेर बजारमा बिक्री गर्ने गरेको खुलेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार शिव सुन्दर राउतको कारोबार रकम डरलाग्दो देखिएको छ। उनकोबाट करिब दुई अर्ब बराबरको कारोबार खुलेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए।

२५ असार, २०८०, १५:४४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।