सट्टावाजमा संलग्न रहेको आरोप लागेका कलाकार र युट्युवरविरुद्ध ६४ करोड बिगो सात वर्ष कैद माग

सट्टावाजमा संलग्न रहेको आरोप लागेका कलाकार र युट्युवरविरुद्ध ६४ करोड बिगो सात वर्ष कैद माग

काठमाडौँ : अनलाइन सट्टाबाज गराउने वानएक्सवेटको प्रमोशनल कोड राखेर प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारविरुद्ध ६४ करोडको मागदाबीसहितको अभियोग पत्र दर्ता भएको छ।

सोमबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरेको हो। अभियोग पत्रमा दिनेश खड्का, अनिता धिताल, जलन घर्ती मगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेलाई प्रतिवादी बनाइएको छ। एक जना भने फरार छन्।

अभियोग पत्रमा नेपाल राष्ट्र बैङ्क ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाउँदै ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो रकम दाबी गरिएको छ।

अभियोग पत्रमा बिगो जफत गरी ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गरिएको छ। अभियोग पत्रमा विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको छ।

२५ असार, २०८०, १५:००:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।