बालेनको हातमा ‘सुरक्षित’ काठमाडौं

बालेनको हातमा ‘सुरक्षित’ काठमाडौं

विक्रम सम्बत २०३५ सालतिर मैले आफनो एउटा निबन्धमा काठमाडौं शहरको शान्त, शुभ्र, मायालु र आत्मीय व्यक्तित्वको चर्चा र प्रशंसा गरेको थिएँ। मेरा लागि काठमाडौं साँच्चै सर्वोत्तम मानवीय गुणले भरिएको शहर थियो।

त्यो समय मेची महाकाली र भोट मधेशका नेपाली आश्रयकोे खोजीमा दिनहुँ काठमाडौं पस्दथे। दुःखजिलो गरेर आफना केटाकेटी हुर्काउँथे, पढाउँथे र सरकारी सेवामा रहेका ठूला मानिसको घरमा सेवा–टहल गरेर आफना सन्तानलाई जागिर खुवाउँथे।

त्यो निर्दलीय पञ्चायन व्यवस्थाको उत्कर्षको समय थियो। त्यो समयका हरेक विषय राजा र राजतन्त्रको सुरक्षामा केन्द्रित हुन्थ्यो। राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाइएको थियो। तर, प्रतिबन्धित दलका नेताहरू चुप लागेर बसेका थिएनन्।

त्यो समयमा सरकारी जागिर खानु भनेको सरकारको सिन्दूर लाउन पाउनु भन्ने मानिन्थ्यो र त्योे निकै ठूलो कुरा ठानिन्थ्यो। शहरमा बस्तीहरू पातला थिए। तर, सफा थिएन। काठमाडौंका बासिन्दाले शहरी सभ्यतामा सफाइको महत्वको बोध गरिसकेका थिएनन्।

त्यसो त, त्यतिबेला पनि सफाइ मजदूर हुन्थे। यो संसारकै अप्रतिम सांस्कृतिक शहरको सभ्यताको जगेर्ना गरेको थियो। उनीहरूको सानोतिनो सफाइ फौजले।

नयाँ सडक थियो डाउनटाउन– शहरको केन्द्र थियो। हव, सिटी सेन्टर जे भने पनि नयाँ सडक नै थियो तत्कालीन नेपालको मुटु। १९९० सालको महा–भूकम्पले ध्वस्त पारेको काठमाडौंको पुननिर्माण गराएका थिए श्री ३ महाराज जुद्धशमशेरले।

त्यहिकारणले होला, न्यूरोड गेटदेखि आकाश भैरवको मन्दिर इन्द्रचोकसम्मको सडकलाई जुद्धसडक भनिन्थ्यो। यद्यपि, शहरका मानिसहरू त्यो सडकलाई न्यूरोड नै भन्न रुचाउँथे।

‘न्यूरोड’ र ‘नयाँ सडक’ को बीचमा जुद्ध सडकको सरकारी अस्तित्व थियो। ‘पिपलको बोट’ न्यूरोडको केन्द्रविन्दु थियो। भूगोल पार्क थियो काठमाडौं शहरको आधुनिक पहिचान।

नयाँ सडकको पिपलको बोट नेपालमा लोकतान्त्रिक आन्दोलनको प्रतीकका रूपमा अहिले पनि खडा छ। यही पिपलको छहारीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ तथा अन्य धेरै विद्यार्थी संगठन हुर्किएका थिए।

राजाको दरबारभित्र रोयल इन्टेलिजेन्स ब्यूरो थियो। त्यो ब्यूरोले पढेलेखेका हजारौं हजार नेपालीको पृष्ठभूमि पत्ता लगाउँथ्यो। उनीहरूको गतिविधिको चियोचर्चो गर्दथ्यो। जागिरको खोजीमा लागेकालाई जागिरमा लगाइदिन्थ्यो।

त्यो समयमा गणतन्त्र नेपाल स्थापनाको अवधारणा तयार भइसकेको थियो। भन्नुपर्दैन, यो अवधारणाको जन्म पनि त्यही पिपलको बोट वरपर कतै भएको थियो।

अर्चले डाँडा, झिल्टुङ्ग, नुवाकोट (अहिलेको बेलकोटगढी नगरपालिका)मा जन्म भएको थियो मेरो। बुवाको रहर थियो आफ्नो कुलघरमा सन्तानको जन्म दिने। जन्मिएको केही समयपछि काठमाडौं शहरको केन्द्रमा रहेको खिचापोखरीमा फर्किएको थिएँ म।

खिचापोखरीमा नै हुर्किएँ। जन्मेर बिताएको ठाउँ नयाँ सडक नै थियो। तर, बुझने भएपछि, पहिलोपटक नयाँ सडक कहिले पुगेको थिएँ? मलाई त्यसको त सम्झना छैन। तर, पहिलोपल्ट त्यहाँ पुग्दा म दङ्गदास परेको थिएँ। मलाई अत्यन्त खुशी लागेको थियो।

पिपलको बोटलाई केन्द्र बनाएर साहित्यकार, पत्रकार, राजनीतिज्ञ, समाजसेवी तथा प्रतिपक्षसँग नजिक भएका मानिसहरू त्यहाँ जम्मा हुन्थे। उनीहरूका बीच त्यहिँ कुराकानी हुन्थ्यो– प्रतीकात्मक ढंगले। पिपल चौतारालाई घेरेर बसेका हुन्थे जुत्ता मर्मत र पालिस गर्नेहरूको जमात।

चौताराको सडकतर्फको छेउमा स्थानीय पत्रपत्रिका बिक्री गर्ने जत्था हुन्थ्यो। मानिसहरूको जानकारीमा थियो, सरकारले विपक्षको गतिविधि थाहा पाउन गुप्तचरहरू खटाएको हुन्थ्यो। उनीहरूका बारे सूचना संकलन गर्न शहरका वडा वडामा गुप्तचरहरू घुमिरहेका हुन्थे।

त्यो निर्दलीय पञ्चायन व्यवस्थाको उत्कर्षको समय थियो। त्यो समयका हरेक विषय राजा र राजतन्त्रको सुरक्षामा केन्द्रित हुन्थ्यो। राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाइएको थियो। तर, प्रतिबन्धित दलका नेताहरू चुप लागेर बसेका थिएनन्।

कतिपय नेताहरू निर्वासनमा थिए। कतिपय नेताहरू देशभित्रै गाउँ र शहरका अनकन्टारमा लुकिछिपी बसेका थिए। त्यो समयमा न्यूरोडको पिपलको बोटमा आउनु पनि एकप्रकारको विद्रोह नै थियो। त्यहाँ विद्धानहरूको बीचमा हुने विचारको आदान–प्रदान देशभरि फैलिन्थ्यो।

जनताले युरोप–अमेरिका पढेका, चीन–जापान चिनेका, भारतमा जवाहरलाल नेहरुको परिवारसँग हित्तचित्त मिलेका नयाँ राजा वीरेन्द्रको देशलाई आधुनिकीकरणको दिशामा लैजान्छन् भन्ने सोचेका थिए। तर, उनले पिता महेन्द्रकै परम्परा पछ्याए।

राजाको नाम र नेतृत्वमा चलेको तत्कालीन सरकारमा विद्रोहीका संकेतलाई पछ्याउन सक्ने खुबी थिएन। त्यो काम तोपका गोला बोक्ने सेनाले गर्दथ्यो। त्यसका लागि पुलिस थियो। गुप्तचर थियो।

राजाको दरबारभित्र रोयल इन्टेलिजेन्स ब्यूरो थियो। त्यो ब्यूरोले पढेलेखेका हजारौं हजार नेपालीको पृष्ठभूमि पत्ता लगाउँथ्यो। उनीहरूको गतिविधिको चियोचर्चो गर्दथ्यो। जागिरको खोजीमा लागेकालाई जागिरमा लगाइदिन्थ्यो।

जो अलिकति भाउ खोज्दथे तिनको समायोजन निर्दलीय व्यवस्थाको कुनै न कुनै राजनीतिक तहमा हुथ्यो। जो अटेरी गर्दथे ती जेल जान्थे। बढी नै अटेरी गर्ने राम–लक्ष्मण, लीला–ठगी जस्ता युवकहरू मारिन्थे।

भारतमा निर्वासित नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको नेतृत्वमा शुरू भएको विद्रोहले राजनीतिक समाधानको बाटो खोजिरहेको थियो। निर्वासित वामपन्थी नेता पुष्पलाल श्रेष्ठ भारतबाटै विद्रोहको अर्को बिगुल फुकिरहनुभएको थियो चर्को स्वरमा।

राजाको नेतृत्वको सरकार समस्याको प्रतिष्ठापूर्ण समाधानका लागि तयार थिएन। राजाको पाउमा रैतीले झुक्नैपर्छ भन्ने मानसिकता र मान्यतामा टिकाइएको थियो पञ्चायती व्यवस्था।

न्यूरोड पिपलको बोटको छेउमा रहेको इन्दिरा रेष्टुराँमा बसेर भूपि शेरचन र मोहन कोइराला जस्ता कविहरू, गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय, चन्द्रलाल झा र मणिन्द्रराज श्रेष्ठजस्ता सम्पादकहरू र अरु धेरै भलाद्मी बुध्दिजीवीहरू अभिव्यक्ति स्वतन्त्रताको बाटो कसरी खोल्न सकिन्छ भनेर प्रत्येक दिन विचार विमर्श गर्दथे। त्यो एउटा अद्भूत कालखण्ड थियो।

केन्द्रीय सरकारले वार्षिक बजेट प्रस्तुत गरेपछि देशैभर मर्मत-सम्भारको सिजन शुरु हुन्छ। काठमाडौं त्यसको अपवाद थिएन। ढल खन्ने, पेटी बनाउने, सडक मर्मत गर्ने, पाइप टाल्ने जस्ता कामका लागि साउन-भदौका महिना प्रसिद्ध नै छन्।

राजाको आवश्यकता अनुसार उनकै कल्पनामा शुरु भएको निर्दलीय पन्चायत व्यवस्थाका विरुद्धको संघर्षमा नेपाली जीवनका दुई पुस्ताको भविष्य सखाप भयो। राजा महेन्द्रको निधनपछि पनि सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिमा कुनै परिवर्तन आएन।

जनताले युरोप–अमेरिका पढेका, चीन–जापान चिनेका, भारतमा जवाहरलाल नेहरुको परिवारसँग हित्तचित्त मिलेका नयाँ राजा वीरेन्द्रको देशलाई आधुनिकीकरणको दिशामा लैजान्छन् भन्ने सोचेका थिए। तर, उनले पिता महेन्द्रकै परम्परा पछ्याए। जनताको त्यो उज्यालो आशा समयको तरङ्गमा हरायो।

त्यतिबेलाको नेपालको समस्या थियो राजनीतिक दलहरूबीचको एकता। अन्ततः गणेशमान सिंहको सूझबूझले कांग्रेस–कम्युनिष्ट मिले। मिल्नु ती दुवैको बाध्यता थियो र गणेशमानकै नेतृत्वमा भएको पहिलो जन–आन्दोलनले निर्दलीय पन्चायत व्यवस्थाको अन्त्य गर्यो।

त्यसपछि, नयाँ सडकको ‘चार्म’ पनि मलीन हुँदै गयो। खरीको बोट छेउछाउका पसलहरू छरिन लागे। हामी साथीभाइहरू पनि छरियौँ। नियमित नयाँ सडक नगएसम्म खाएको नपच्ने हामी नयाँ सडक जान छाड्यौँ। न्यूरोडको रौनक दरबारमार्गतिर सर्यो। न्यूरोड उदास भयो।

गएको साता मेरो मनस्थितिमा अलिकति परिवर्तन आयो। न्यूरोडको आकर्षणले मलाई फेरि तान्यो एकपटक। म न्यूरोड पुगेँ। आफना परिचित स्थानहरूको खोजीमा लागेँ। महानगरपालिकाले ऐतिहासिक इन्दिरा रेष्टुराँ भवन भत्काएको त थाहा थियो। त्यो भवन त्यहाँ नभएकोले होला, भूगोलपार्कको रौनक थिएन।

सडक पेटीको आस्रयमा बाँचिरहेका परिवारको भविष्य अब के हुन्छ? काठमाडौं शहरलाई घेरेर नदीका किनारामा अत्यन्त सुविधासम्पन्न जीवन बिताइरहेका सुकुमवासीहरूबाट अब शहर कसरी जोगाउने हो?

इन्द्रचोकपट्टीको न्यूरोडको अवस्था त माछा बजारको भन्दा पनि खराब थियो। इन्द्रचोकबाट हनुमान ढोकातिर लाग्ने सडकका दायाँबायाँ पसलहरूको भीड थियो। मर्मतका लागि होला, सडक खनिएको थियो। इन्द्रचोक र यस वरपरका बस्तीमा धान्नै नसक्ने हिसाबले बजारको विस्तार भएको थियो। पहिलो चोकपछि अर्को चोक, अर्कोपछि अर्को, अर्कोपछि अझ अर्को।

महानगरले बाटो मर्मत गर्दैथियो क्या रे, काठमाडौं गणेशबाट जैसी देवलतिर जाने बाटो बन्द थियो। फर्केर भीमसेनथान जाने बाटोतिर लाग्दा थाहा भयो- यतातिरको बाटो पनि बन्द छ।

केन्द्रीय सरकारले वार्षिक बजेट प्रस्तुत गरेपछि देशैभर मर्मत-सम्भारको सिजन शुरु हुन्छ। काठमाडौं त्यसको अपवाद थिएन। ढल खन्ने, पेटी बनाउने, सडक मर्मत गर्ने, पाइप टाल्ने जस्ता कामका लागि साउन-भदौका महिना प्रसिद्ध नै छन्।

देश संघीय शासनमा गइसकेपछि पनि बजेटमा संघीय प्रभाव नदेखिनु अनौठो कुरा होइन। यो देश हजारौं–हजार वर्षदेखि एकात्मक हिसाबले चलेको छ। अहिले पनि व्यवस्था मात्रै बहुदलीय छ, काम गर्ने ढर्रा र ढाँचा पुरानै छन्।यो एउटा अवस्था हो। यो अवस्थाबाट हामी मुक्त हुन अझ धेरै वर्ष लाग्नेछ।

यो पटक काठमाडौंमा एउटा चमत्कार भयो। हुन त, काठमाडौंको स्वभाव नै यस्तै छ। काठमाडौंका जनताले स्थानीय चुनावमा बालेन्द्र साहलाई काठमाडौंका मेयरका रूपमा चुने। त्यसपछि बालेनले काठमाडौंको संकुचन हटाउने अभियानको शुरूवात गरे।

सबभन्दा पहिले उनले शहरका होटल रेष्टुराँसँग सडकमा हिँडने जनतालाई रेष्टुराँको वाशरुम प्रयोग गर्न दिन आग्रह गरे। आग्रह पूरा भयो। तर, रेष्टुराँका वाशरुममा सडकमा पैदल हिड्नेहरूको पिसाव नै चुहिएन। आजसम्म रेष्टुराँले वाशरुम प्रयोग गर्न कसैलाई रोकेका छैनन्। ‘स्टारलेस’ जनता स्टार स्तरका रेष्टुराँमा भित्रिनै डराउँछन्।

जुन दिन काठमाडौंका जनतालाई मेयर बालेनको हातमा काठमाडौं सुरक्षित छैन भन्ने लाग्नेछ त्यो दिनदेखि मेयर बालेन कि घर बस्नेछन् कि वैदेशिक रोजगारीको खोजीमा कुवेत–कतारतिर लाग्नेछन्।

बालेन बुल्डोजर लिएर सडकमा निस्किए। पार्किङका लागि बनाइएका घरहरूमा खोलिएका अनियमित पसलहरू हटाए। सडक पेटीका पसलहरू विस्थापित भए। हिड्नेहरूलाई सुविधा भयो। मानिसहरूले भने, बालेनले केही गर्छन्। उनले केही गरे। अझै केही गर्नेछन्। अरु केही नगरे पनि हल्ला गर्नेछन्।

प्रारम्भमा सफाइ अड्डा भनेर चिनिन्थ्यो काठमाडौं महानगरपालिका। अहिले यसको नाम र रूप दुवै फेरिएको छ। यो राम्रो संकेत हो।

मेयर बालेनलाई धन्यवाद दिनुपर्दछः उनले शहरमा पार्किङको सुविधा बढाउन ठूलो मेहनत गरेका छन्। शहरका ती घरहरू, जसको छिडीमा किराना पसल र गोदाम थिए, अब पार्किङका लागि प्रयोग हुनेछन्। मोटर चढ्ने औकात भएकाहरूले शहरमा पार्किङको सुविधा पाउनेछन्। घरपतिहरूले पार्किङ शुल्क उठाउन पाउनेछन्। महानगरमा आर्थिक स्रोत जम्मा हुनेछ सफाइका लागि। बाटो, ढल र खानेपानी नियमित हुनेछन्। शहर सफा हुनेछ। हामी सफा शहरका सफा शहरियाका रूपमा चिनिने छौँ।

यो अर्कै प्रश्न हो, सडक पेटीको आस्रयमा बाँचिरहेका परिवारको भविष्य अब के हुन्छ? काठमाडौं शहरलाई घेरेर नदीका किनारामा अत्यन्त सुविधासम्पन्न जीवन बिताइरहेका सुकुमवासीहरूबाट अब शहर कसरी जोगाउने हो? छोपिएको ‘इच्छामती’टुकुचा लगायतका नदीलाई कसरी खुला बनाउने हो?

बागमती, बिष्णुमती, रुद्रमती र मनमती नदीलाई जल सम्पन्न बनाउन कुन डाँडा खोपेर तामाकोशी वा सुनकोशी, कुन नदीलाई काठमाडौं उपत्यकामा भित्र्याउने हो? कोरोनापछि चम्किएको डेंगुलाई कसरी मत्थर बनाउने हो? डेंगुपछि चम्किने मलेरियाबाट शहरले कसरी मुक्ति पाउने हो? प्रश्नहरूमा बालेन मथिंगल खियाउँदै होलान्।

महानगरवासीको विश्वास छः बालेनको हातमा काठमाडौं सुरक्षित छ। जुन दिन काठमाडौंका जनतालाई मेयर बालेनको हातमा काठमाडौं सुरक्षित छैन भन्ने लाग्नेछ त्यो दिनदेखि मेयर बालेन कि घर बस्नेछन् कि वैदेशिक रोजगारीको खोजीमा कुवेत–कतारतिर लाग्नेछन्।

२२ असार, २०८०, १९:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।