आफू अभिनित दुई फिल्मको रिलिज जुधेपछि मारमा मुकुन, कता जाऊँ कता !

आफू अभिनित दुई फिल्मको रिलिज जुधेपछि मारमा मुकुन, कता जाऊँ कता !

काठमाडौं : निर्माताको जुधाइमा अभिनेता मुकुन भुसाल परेका छन्।

उनी अभिनित दुई वटा फिल्म ‘गणपति ,ऐँचो पैँचो’ एकसाथ रिलिज हुने भएपछि निर्माताको मारमा मुकुन परेका हुन्। 

मुकुन फिल्म जुधाउन निर्माता आफै लागिपरेका बताउँछन्। उनले आफूभन्दा पनि निर्माताले सुरक्षित महसुस गरेर नै फिल्म जुधाएको प्रतिक्रिया दिए। 

‘निर्माताहरूले आफूलाई सुरक्षित महसुस गरिरहनुभएको होला। त्यसैले एकै मान्छेको फिल्म एकैसाथ हलमा लाग्न आँटेको छ,’ उकेराकर्मीसँगको कुराकानीमा उनले भने,‘म त नयाँ नयाँ कलाकार हो। यसबारे म जान्दिनँ। यो मेरो तेस्रो फिल्म हो।’

दुवै फिल्मका प्रचारप्रसारमा दौडिएका मुकुन कुन फिल्म प्रसारमा दौडिएको छु भन्ने पनि झुक्किन थालेका छन्। 

‘म आफै अभिनित फिल्म एकैदिन चल्ने भएकोले दुवैतर्फ दौडधुप छ,’ उनले भने, ‘यसो नभइदिएको भए मेरा लागि बेस हुन्थ्यो।’ 

फिल्म गणपतिलाई सविन अधिकारीले निर्देशन गरेका हुन् भने लगानी रामप्रसाद रिजाल र लक्ष्मण रिजालको छ। 

अर्को फिल्म ‘ऐँचो पैँचो’मा मुकुनका साथमा स्वस्तिमा खड्का र वर्षा राउतको शीर्ष भूमिका छ। फिल्मलाई कृषा चौलागाईंले निर्देशन तथा लगानी गरेकी हुन्। 

गत वैशाख १ गते दयाहाङ राई अभिनित फिल्म ‘जारी' र 'बिहे पास’ पनि जुधाइएको थियो। 

२२ असार, २०८०, ११:३७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।