फोटोकै कारण सामाजिक सञ्जालमा ट्रोल बने पल शाह

फोटोकै कारण सामाजिक सञ्जालमा ट्रोल बने पल शाह

काठमाडौं : म्युजिक भिडियोमा व्यस्त अभिनेता पल शाह सामाजिक सञ्जालमा ट्रोल बनेका छन्। 

तीन दिनअघि ‘लुकी लुकी माया’ म्युजिक भिडियो सुट गरेका पलले त्यहाँ केही फोटो सुट गरेका थिए। उक्त फोटोहरूलाई लिएर अहिले सामाजिक सञ्जालमा उनलाई 'उडाइएको' छ।  

उनले मोडलसँग खिचेका तीन तस्विरहरू फेसबुक पेजमा समेत राखेका छन्। 

मोडल इभा गिरीसँग खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ। इभाको कम्मरमा पलले हात राखेर तस्विर खिचाएका छन्। जुन फोटोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाएका हुन्।

नाबालिका बलात्कारमा एक वर्ष जेल जीवन बिताएर गत फागुनमा पल बाहिरिएका थिए। म्युजिक भिडियोमा व्यस्त शाहले पछिल्ला भिडियोमा पुरानाभन्दा पनि नयाँ मोडलसँग अभिनय गरिरहेका छन्।

२१ असार, २०८०, १३:२८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।