मेयर बालेनको निर्णयः अबदेखि कक्षा ११ को छात्रावृत्ति परीक्षा पनि महानगरले नै लिने

मेयर बालेनको निर्णयः अबदेखि कक्षा ११ को छात्रावृत्ति परीक्षा पनि महानगरले नै लिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयले दिने छात्रवृत्तिको परीक्षा आफैँले लिने भएको छ।

मेयर साहले साहले फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन्। 

उनले लेखेका छन्- छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी,गरिबलगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।'

यसअघि मेयर बालेनले महानगरभित्रका निजी विद्यालयका शिक्षकलाई पनि सरकारीसरह तलब दिनुपर्ने बताएका थिए। 

मेयर साहले कुनै विद्यालयले सामुदायिकसरह तलब नदिए महानगरमा उजुरी गर्न पनि आह्वान गरेका थिए। तर बालेनको उक्त निर्णयप्रति संस्थागत (निजी) विद्यालयले विरोध गरेको थियो। 

१८ असार, २०८०, १०:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।