मुस्ताङी 'राजा'को छोराको बिहेमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

मुस्ताङी 'राजा'को छोराको बिहेमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौँः मुस्ताङ राजाका नामले चिनिएका झिग्मी सिंगी पलवर विष्टका छोराको बिहेमा लोमन्थाङ गाउँपालिकाले बिदा दिएको छ। 

आज एक सूचना निकाल्दै गाउँपालिकाले यही असार १८ गते विवाह परेकाले गाउँपालिका कार्यालयमातहत रहेका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिइएको जनाएको छ। 

झिग्मी धिण्डुप पलवर विष्टको विवाहलाई 'उत्सव' को रूपमा व्याख्या गर्दै गाउँपालिकाले विविध कार्यक्रमका साथ मनाउने सूचना निकालेको छ।  

१७ असार, २०८०, १७:४५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।