राजु लामासँग मिलेर द भ्वाइस अफ नेपालका विजेता राईले ल्याए ‘धन्यवाद’

राजु लामासँग मिलेर द भ्वाइस अफ नेपालका विजेता राईले ल्याए ‘धन्यवाद’

काठमाडौँ : राजु लामा र द भ्वाइस अफ नेपाल सिजन ४ विजेता करण राईको आवाजमा ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

शुक्रबार किरण राईले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेका हुन्। 

गायक किरणले भ्वाइस अफ नेपाल सिजन ४ विजेता बनाउन समर्थन गर्नेहरूका लागि समर्पित गरेको बताएका छन्।

गीतमा राजुकै शब्द तथा संगीत छ भने संगीत संयोजन देवेश राईले गरेका छन्। 

गीतको भिडियोमा राजु र करणले नै अभिनय गरेका छन्।

किरण र राजु गुरु चेलासमेत हुन्। इसक जबेगुको निर्देशनसँगै भिडियोमा सिनेमाटोग्राफी रहेको छ।

भिडियोको सम्पादन र कलर सुप्रिम पराजुलीको छ। 
 

१६ असार, २०८०, २०:४१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।