एसएसपी कार्कीले कपिलवस्तुमा भेटेर माफी मगाएको सिरियल ठगलाई काठमाडौँमा भेटे

एसएसपी कार्कीले कपिलवस्तुमा भेटेर माफी मगाएको सिरियल ठगलाई काठमाडौँमा भेटे

काठमाडौँ : दानबहादुर कार्की कपिलवस्तुको प्रहरी प्रमुखहुँदा पक्राउ परेका थिए गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोखरेल। ५० करोड बढी ठगेको आरोप लागेका उनी भाग्दै हिँडेको बेला कार्कीको टोलीले पक्राउ गरेको थियो।

पोख्रेल पक्राउ परेपछि चेतुन् भनेर उनले प्रहरी कार्यालयबाट हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालयसम्म हिँडाएरै पूर्याएका थिए। उनै पोख्रेलले अब ठग्दिन भनेर कान समातेर माफी समेत मागेका थिए।

बढुवा भएर एसएसपी भएसँगै अहिले कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख छन्। त्यसरी सुध्रिन्छु भनेको अनेक ५० करोड बढी ठगी गरेको आरोप लागेका व्यक्ति जेलमै होलान् भनेको त काठमाडौँमा ठगीमै जम्काभेट भयो उनको।

यस पटक पनि पोख्रेलमाथि ठगीकै आरोप थियो तर शैली फरक। उनले फेसबुकमा घर/जग्गा कर्जाको पेज बनाएर सम्पर्कमा आएकाहरुसँग ठगी गरेको आरोप छ।

यसरी केही व्यक्तिहरूले ठगी गरेको उजुरीको आधारमा पक्राउ गर्न खटिएको प्रहरी टोलीले केही व्यक्तिलाई पक्राउ गरेको थियो। त्यसमा उनी पोख्रेल देखेर एसएसपी कार्की छक्क परेका रहेछन्।

‘नुन, सुनसम्म, निर्माण सामग्री, कृषि उपजसम्मको कारोबार गरेर ठगी गरेको आरोपमा पहिला पक्राउ परेका थिए। सुध्रिए होलान् भनेर अहिले घर जग्गा कर्जा दिने भनेर लोभ्याएर ठगी गरिरहेका रहेछन्' कार्कीले भने।

पहिले २४ करोड रुपैयाँ ठगेको आरोपमा जाहेरी आएको छ। शुक्रवारसम्म १८ लाख २९ हजार ५ सय ९२ रुपैयाँ ठगी गरेको खुलेको छ। प्रहरीका अनुसार पछिल्लो समय सिमेन्ट, जस्ता पाता, स्टिल पाइप, आइबिम, बिटुमिन, ग्याबिन जालीहरू बिक्री गर्छु भनेर अनलाइनमार्फत प्रचार गरेर ठगी गर्ने गरेका थिए।

‘विज्ञापनमा व्यक्तिगत नम्बर प्रयोग नगरी, उद्योग, व्यवसायीहरूलाई ह्वाट्स एपमा कुरा गरौँ भन्दै अर्डर लिएर सम्बन्धित ठाउँमै डेलिभरी गरिदिन्छु भनेर विश्वास देखाएर ठगी गरेको पाइयो’, कार्कीले भने, ‘त्यसका लागि उनले गोपाल कामीको नामबाट गौमुखी ग्रुप अफ इन्डस्ट्री प्रालि नामक कम्पनीको नाममा विभिन्न बैङ्कमा खाता खोलेको समेत भेटियो।’

प्रहरीका अनुसार, पोख्रेललाई तत्कालीन महानगरीय अपराध महाशाखा टेकुले २०६७ सालमा नागरिकता किर्ते र ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको थियो। २०७३ मा उनी विभिन्न व्यक्तिहरूलाई इजरायल र कोरिया पठाउने भन्दै एक करोड रुपैयाँभन्दा बढी असुली गरेको आरोपमा पक्राउ परेका थिए।

१६ असार, २०८०, १५:२१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।