जाजरकोटको नलगाडमा सुत्केरी भैँसीलाई भत्ता

जाजरकोटको नलगाडमा सुत्केरी भैँसीलाई भत्ता
फाइल तस्बिर

जाजरकोटः नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ।

‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई एक हजार रुपैयाँका दरले भत्ता दिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए। 

दैनिक भैँसीपालक कृषकको संख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए। असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो। 

वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडाभित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए। उनका अनुसार नगरपालिकाभरि तीन सय २४ सुत्केरी भैँसी छन्। भत्ता पाएपछि किसान खुसी भएका छन्।

१४ असार, २०८०, १५:४५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।