आजैबाट हलमा लाग्यो ‘परस्त्री’, हिन्दीमा डबिङ भने नेपालमा रिलिज नहुने

आजैबाट हलमा लाग्यो ‘परस्त्री’, हिन्दीमा डबिङ भने नेपालमा रिलिज नहुने

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘परस्त्री’ आजैबाट रिलिज भएको छ।

शिल्पा मास्के स्टारर फिल्म ‘परस्त्री’सँगै बलिउड फिल्म ‘सत्य प्रेमकी कथा’ पनि प्रदर्शनमा आएको छ। 

सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको नेपाली फिल्म ‘परस्त्री’मा विवाहेत्तर सम्बन्धमा आउने उताढचढावलाई प्रस्तुत गरिएको छ।

दीपेन्द्र के खनालको पटकथा लेखन रहेको फिल्ममा कोसिस क्षत्री र गौरव विष्टको पनि मुख्य भूमिका छ। फिल्ममा लगानी शर्मिला पाण्डेले गरेकी छन्।

हिन्दी संस्करणमा समेत बनेको फिल्म ‘परस्त्री’भोलिबाट मात्र भारतमा प्रदर्शन हुने भएको छ। हिन्दी डबिङ भने नेपालमा रिलिज नहुने निर्माण पक्षले जानकारी दिएको छ। 

आजैबाट प्रदर्शनमा आएको बलिउड फिल्म कार्तिक आर्यन र कियारा आडवानी अभिनित फिल्म ‘सत्य प्रेम की कथा’ रहेको छ।

समीर विदवान्स निर्देशित बलिउड फिल्ममा कार्तिक एक गुजराती युवाको भूमिकामा देखिएका छन्। 

यसमा विवाहका लागि केटीको खोजीमा रहेका मान्छेको जीवनमा आउने प्रेमसम्बन्ध र उतारचढावमा फिल्ममा देखाइएको छ। 

यो फिल्ममा आर्यन र कियाराका साथ सुप्रिया पाठक कपुर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादवलगायतको अभिनय रहेको छ।

करण श्रीकान्त शर्माले लेखेका लेखेको कथामा साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी गरेका छन्। 

१४ असार, २०८०, ०९:५१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।