उपचार क्रममा दुहु गाउँपालिकाका वडाध्यक्षको निधन

उपचार क्रममा दुहु गाउँपालिकाका वडाध्यक्षको निधन

दार्चुलाको दुहु गाउँपालिका-५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ।

उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो।  

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो। जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई आज थप उपचारका लागि धनगढी पठाइएको थियो। 

भट्टको धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–६ को ग्वानीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

भट्टको शव जिल्ला अस्पतालमा राखिएको छ। उनको आजै शव परीक्षणपछि दाहसंस्कार गरिने बताइएको छ। 

उनी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत हुन्। स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धनका साझा उम्मेदवार भई दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। 

११ असार, २०८०, १२:१४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।