ओटीटी प्लेटफर्म नपाएपछि 'द केरल स्टोरी'का निर्देशकले भने, 'हामीविरुद्ध एकजुट भएर लागे'

ओटीटी प्लेटफर्म नपाएपछि 'द केरल स्टोरी'का निर्देशकले भने, 'हामीविरुद्ध एकजुट भएर लागे'

सुदिप्तो सेनद्वारा निर्देशित आदा शर्मा अभिनित बलिउड फिल्म द केरला स्टोरी भारतमा यस वर्ष ब्लकबस्टर बन्यो। फिल्मलाई दर्शकले निकै रुचाए। 

तर यही फिल्मले कुनै ओटीटी प्लेटफर्म पाइरहेको छैन। 

निर्देशक सुदीप्तो सेनले भने, 'हामीले अझै पनि केरला स्टोरीको लागि कुनै पनि ओटीटी प्लेटफर्मबाट सही प्रस्ताव प्राप्त गर्न सकेका छैनौं।'

तर फिल्म स्ट्रिमिङका लागि तयार भएका रिपोर्टहरूबारे सुदिप्तोले भन्छन्, 'हामी अझै राम्रो ओटीटी प्लेटफर्मबाट राम्रो व्यावसायिक सम्झौताका लागि पर्खिरहेका छौं। तर अहिलेसम्म हामीले विचार गर्नलायक कुनै प्रस्ताव प्राप्त गरेका छैनौं।'

फिल्म उद्योग आफूहरूलाई दण्डित गर्न एकजुट भएको उनले आरोप लगाएका छन्। बक्स अफिसमा आफूहरूको सफलता देखेर कतिपय वर्गलाई असह्य भएको उनले तर्क गरेका छन्। 

उनले भने, ' मलाई लाग्छ, मनोरञ्जन उद्योगको एक पक्ष हाम्रो सफलतालाई सजाय दिन एकजुट भएकोजस्तो लाग्छ।'

११ असार, २०८०, ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।