गोर्खा वारियरको प्रिमियरमा बेलायती रोयल फ्यामिलीदेखि मेयर साम्पाङसम्म उपस्थित हुँदै

गोर्खा वारियरको प्रिमियरमा बेलायती रोयल फ्यामिलीदेखि मेयर साम्पाङसम्म  उपस्थित हुँदै

काठमाडौं :  नेपाली फिल्म ‘गोर्खा वारियर’को प्रिमियर बेलायतको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा हुने भएको छ।

नेपाली फिल्म नै  पटक यो रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात् आगामी २४ भदौमा गरिने आयोजक मिलन चाम्सले बताए। 

उनका अनुसार प्रिमियरमा बेलायती रोयल परिवारदेखि हलिउड मिस्टर विनदेखि हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरूसँगै त्यहाका सांसदहरू, स्थानीय निकाय प्रमुखहरू, बेलायती सैनिकका जनरल, ब्रिटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरू, बेलायतमा रहेको नेपाली राजदूतावास, काउन्सिलका पदाधिकारीहरू, विभिन्न सरकारी र गैरसरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको छ। 

नेपालबाट धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ पनि सहभागी हुने भएका छन्। उनलाई मिलनले बेलायतमा हुने कार्यक्रमका लागि निमन्त्रणा पत्र समेत दिइसकेको बताए।  

उकेरासँगको कुराकानीमा निर्देशक चाम्सले नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरूलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने बताए। यसका तयारी भइरहेको उनको भनाइ छ।  

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन्। 

नेपाली गोर्खामा भर्ती भएका नेपालीहरूको कथामा निर्माण भएको फिल्ममा नायक रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ।

६ असार, २०८०, १९:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।