सरोज खनालको निर्देशन डेब्यु फिल्म‘बगान’ को टिजर रिलिज, करिश्माको भूमिका एकल महिला

सरोज खनालको निर्देशन डेब्यु फिल्म‘बगान’ को टिजर रिलिज, करिश्माको भूमिका एकल महिला

काठमाडौंँ : अभिनेता सरोज खनाल निर्देशन डेब्यु फिल्म ‘बगान’ को टिजर सार्वजनिक भएको छ।

निर्माण युनिटले मंगलबार फिल्मको टिजर रिलिज गरेको हो। 

एक मिनेट १३ सेकेन्ड लामो टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको छ। एकल महिलाको इच्छा, चाहना र परिवारले गर्ने व्यवहारलाई टिजरमार्फत प्रस्तुत गरिएको छ। 

‘परेको दिन साथ नदिनेले मरेको दिन साथ देलान् भनेर हामीले पनि आस गरेका छैनौँ’, भन्ने करिश्माको डाइलगले दर्शकलाई भावुक बनाउने कोसिस टिजरले गरेको छ। 

टिजरमा नीर शाह,करिश्मासँगै सरोज खनाल, सुन्धरा भुषाल, मिथिला शर्मा र प्रमिला कार्कीको पनि देखिन्छन्। यो फिल्ममा अभिनेता आकाश श्रेष्ठको विशेष भूमिका रहेको छ।   

यही असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा स्वप्न नीरवको लेखन गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ। 

नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्य गरेको ‘बगान’ को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर रहेका छन्।

 

६ असार, २०८०, ११:५३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।