अमेरिकामा हुन लागेको नेफ्टा अवार्ड मानव तस्करीमा जोडियो, ब्याक भयो एक कम्पनी

अमेरिकामा हुन लागेको नेफ्टा अवार्ड मानव तस्करीमा जोडियो, ब्याक भयो एक कम्पनी

काठमाडौँः अवार्ड कार्यक्रमको आवरणमा अनधिकृत व्यक्तिलाई अमेरिका लैजान खोजेको आरोप लगाउँदै नेफ्टा फिल्म अवार्ड’ को ११ औं संस्करणको एक सहयोगी संस्था ब्याक भएको छ।

साउन ६ गते आयोजनाको तयारी गरिएको अवार्डको सहयोगी संस्था आर्यन फिल्म्स आयोजनाबाट पछि हटेको हो। 

चलचित्र विकास बोर्डको सहयोगमा नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अवार्ड आयोजना गर्न लागेको हो।

आर्यन स्थानीय आयोजकमध्ये एक कम्पनी हो। आर्यन फिल्म्स् प्रोडक्सनले विज्ञप्ति नै निकालेर भिसा प्रक्रियामा ‘अनधिकृत मान्छेको नाम थपिएको’ आरोप लगाएको छ।

संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालले जारी गरेको विज्ञप्तिमा भिसा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा केही अनधिकृत मान्छेहरूको निवेदन रहेको उल्लेख छ।

यो कम्पनी फिल्म निर्माता तथा निर्देशक रमेश एमके पौडेलको हो।

विज्ञप्तिमा नेफ्टालाई अमेरिका-नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर दिइएको उल्लेख छ।

खर्च भएको १५ हजार डलर फिर्ता गर्न माग गर्दै आयोजक नै रहेका विमल पंक्षी वा यूएसखबरलाई विस्तृत जानकारीका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ। 

नेपाली फिल्म प्रवर्द्धनको आवरणमा विदेशमा कार्यक्रम आयोजना गर्दै मानव तस्करी हुने गरेको यस अगाडि नै पटक-पटक सार्वजनिक भइरहेका छन्।

यस्तो गम्भीर विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी नै जोडिने गरेका छन्।

३१ जेठ, २०८०, २०:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।