मुलुकले खोजेको परिवर्तनको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी हो, यसको विकल्प छैनः रवि लामिछाने

मुलुकले खोजेको परिवर्तनको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी हो, यसको विकल्प छैनः रवि लामिछाने

मुलुकले खोजेको परिवर्तनको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी भएको सभापति रवि लामिछानेले बताएका छन्। 

पार्टी खोलेको एक वर्ष हुन लागेको अवसरमा गरिएको पत्रकार सम्मेलन उक्त पार्टीका अध्यक्ष लामिछानेले आफूले नेतृत्वको पार्टी देशको परिस्थितिले जन्माएको राजनीतिक दल भएको र यसको अर्को विकल्प नभएको बताए।

'मुलुकले खोजेको परिवर्तनको, ठीक समयमा सुरुवात भएको राजनीति राजनीति दल राष्ट्रिय स्वतन्त्र पार्टी हो भन्ने कुरामा मलाई कुनै पनि द्विविधा छैन,' उनले भने।

यो एक वर्षको यात्रामा यसबीचमा भएका गतिविधि र आम सर्वसााधारणको चासो आम निर्वाचन र त्यसपछिको निर्वाचनको परिणामले यसै भनिएको पनि उनले दाबी गरे। 

उनले भने,‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रूपमा जनताले सोचेको रूपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ।’

यो एक वर्षभित्र पार्टीलाई संसदमा पुर्याएको, छोटो समय सरकारमा राखेको र अहिले रचनात्मक प्रतिपक्षका रूपमा आफूलाई प्रस्तुत गर्न सकिएको उनले बताए। 

जनजीविकाको मुद्दालाई प्रमुख बनाउनु नै आफ्नो पार्टी खोल्नुको कारण भएको उनको भनाइ थियो। 'मुलुकमा कुशासनको कारणले आज जस्तो अवस्था भोग्नुपरेको छ त्यो नै रास्वपा जन्मनुको मूल कारण हो। त्यसैले आफ्नो जन्मको मूल कारणलाई रास्वपाले आफ्नो मूल कार्यक्रम बनाएको छ। भ्रष्टाचारको अन्त्य पनि जरो उखालेर फाल्नलाई मूल कार्यक्रम बनाएको छ,’ लामिछानेले भने। 

२७ जेठ, २०८०, १२:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।