१२ वर्षपछि दीक्षान्त समारोह गर्दै नेपाल संस्कृत विश्वविद्यालय

१२ वर्षपछि दीक्षान्त समारोह गर्दै नेपाल संस्कृत विश्वविद्यालय

दाङ : नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह आयोजना गर्न लागेको छ। 

प्रत्येक वर्ष हुनुपर्ने भए पनि वि. सं २०६८ सालमा दीक्षान्त समारोह गरेपछि हालसम्म यस विश्वविद्यालयको दीक्षान्त समारोह हुन सकेको थिएन।

यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताए।

विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने भए पनि कुलपतिले अनुमति नदिंदा लामो समयदेखि दीक्षान्त समारोह हुन नसकेको उनले बताए।

विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो। यसपटक ३१ जेठमा दीक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ।

दीक्षान्त समारोहमा नहुँदा ‘ग्रयाजुएट’ विद्यार्थीले मूल प्रमाणपत्र पाउन सकेका छैनन्।

यो संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह हो। यसअघि २०६८ सालमा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको थियो।

यसपटक वि. सं २०७७ सम्म १० वटा शैक्षिकशत्रमा विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र विएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ।

२७ जेठ, २०८०, ०९:३३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।